अन्तिम अपडेट मिति : २०८२/१०/२८
यो एप प्रयोग गर्नुभएकोमा धन्यवाद । यो एप प्रयोग गर्नु अघि कृपया तलका सर्तहरू ध्यानपूर्वक पढ्नुहोस् । यस एपको प्रयोग गरेर, तपाईँ यी सर्तहरू मान्न सहमत हुनुहुन्छ ।
१. सामान्य सर्तहरू
- यो एप शैक्षिक उद्देश्यका लागि मात्र बनाइएको हो ।
- यो एप प्रयोग गर्नका लागि तपाईँले दर्ता (Sign Up) गर्नुपर्ने हुन सक्छ ।
- तपाईँले आफ्नो खाताको सुरक्षा (पासवर्ड) को जिम्मेवारी आफैँ लिनुपर्नेछ ।
२. डाटाबेस र अफलाइन प्रयोग
- यो एपले Database प्रयोग गर्दछ, जसले तपाईँको डेटा तपाईँकै मोबाइलमा स्थानीय रूपमा (Locally) भण्डारण गर्छ ।
- क्विजहरू अफलाइन चल्ने भए तापनि, केही सुविधाहरू (जस्तै: वेबसाइट लिङ्कहरू, एप अपडेट) का लागि इन्टरनेट जडान आवश्यक पर्न सक्छ ।
- डाटा हानिको जिम्मेवारी : यदि तपाईँले एप अनइन्स्टल गर्नुभयो भने, तपाईँको प्रगतिको डेटा (Quiz Scores, User Profile) हराउनेछ । यसको जिम्मेवारी यस एपले लिने छैन ।
३. प्रयोगकर्ताको दायित्व (User Content)
- तपाईँले आफ्नो प्रोफाइलमा राख्नुभएको जानकारीहरू सही र सत्य हुनुपर्छ ।
- यदि तपाईँले एपलाई दुरुपयोग गर्नुभयो वा गलत डेटा भर्नुभयो भने, त्यसको जिम्मेवारी तपाई कै हुनेछ ।
४. डाटाबेस ब्याकअप र पुनर्स्थापना (Backup & Restore)
- एपमा डेटा ब्याकअपको सुविधा भए तापनि, प्रयोगकर्ताले नियमित रूपमा आफ्नो डेटाको ब्याकअप लिनु अनिवार्य छ ।
५. बौद्धिक सम्पत्ति (Intellectual Property)
- यो एपको कोड, डिजाइन, र क्विजका सामग्रीहरू यस एपको सम्पत्ति हुन् ।
- कसैले पनि एपको कोड वा सामग्री चोरी गरेर डुप्लिकेट एप बनाउन वा व्यावसायिक प्रयोग गर्न पाउने छैन । यसो गरिएको पाइएमा कानून बमोजिम भई जानेछ ।
६. परिवर्तनहरू
- हामी यी सर्तहरू कुनै पनि समयमा परिमार्जन गर्न सक्छौँ । परिवर्तनहरू एपमा पोस्ट गरिनेछन् ।
७. सम्पर्क
- यदि यी सर्तहरूबारे कुनै प्रश्नहरू छन् भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्: [email protected]।